मकवानपुरमा कोरोनाले एक जनाको मृत्यु, थप ४५ जनामा संक्रमण पुष्टि

हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ का ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
कार्यलयक अनुसार पुरुषमा साउन २० गते कोरोना पुष्टि भएको र साउन २१ गते थप उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार दिउँसो हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा अन्य कुनै दिर्घ रोग नरहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय ५० पुगेको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १ सय १४ जनाको पिसिआर र १ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः २९ जना र १६ जना गरी थप ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ९० जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म संक्रमण पुष्टि भएकामा ९१ प्रतिशतले कोरोना जितेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा हालसम्म मृत्यु हुनेमा १ सय ५० पुगेको छ । जिल्लाम हाल १ हजार ९ जना सक्रिय सक्रमित उपचाररत रहेका छन् ।