मनहरी गाउँपालिकाको दुइ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न, चार वटा निर्माण हुँदै

जनपत्र
२६ श्रावण २०७८, मंगलवार ०९:४४

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको दुइ वटा वडा कार्यालयको भवन निर्माणको काम सकिएको छ । मनहरी गाउँपालिका वडा नम्बर–२ र ५ को वडा कार्यालय भवन निर्माणको काम सकिएको हो ।

ठेक्का मार्फत निर्माण भएको साढे दुइतलाको वडा कार्यालय भवन निर्माण सकिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । अरु चार वटा वडा कार्यालयका भवन भने निर्माण भइरहेका छन् ।

मनहरीको वडा नम्बर १, ६, ७ र ९ को वडा कार्यालयको भवन निर्माणको काम भइरहेको उहाँले वताउनुभयो । आउँदो कार्तिक महिना सम्ममा सबै वडा कार्यालयहरु भाडाको घरबाट आफ्नै सुबिधा सम्पन्न कार्यालयमा सरिसक्ने अध्यक्ष उप्रेतीले वताउनुभयो । पहिले साविकको मनहरी र हाँडीखोला गाबिसका भवनमा दुइ वटा वडा कार्यालय रहेपनि अरु ६ वटाका लागि समस्या भएको थियो ।

कार्यालय भवन नभएका वडा कार्यालयहरु ठेक्का मार्फत निर्माण भएको हो । प्रत्यक वडा कार्यालयहरुमा सात वटा कोठा, वडा सचिबका लागि आवास, हल सहित निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*