परराष्ट्रबिध हिरन्यलाल श्रेष्ठलाई हेटौंडामा रथयात्रा सहित सम्मान गरिने

हेटौंडा । परराष्ट्रबिध हिरन्यलाल श्रेष्ठलाई हेटौंडामा रथयात्रा गराएर सम्मान गरिने भएको छ । श्रेष्ठले मकवानपुर सहित देशैभरी पुर्याउनुभएको योगदानको कदर गर्दै नेवा सांस्कृतिक पुच. मकवानपुरले सम्मान गर्न लागेको हो । मकवानपुरको भिमफेदी र हेटौंडामा बषौं सम्म बस्दै आउनुभएका श्रेष्ठ ७७ बर्ष पुगेको अबसरमा यही बैशाख २८ गते शनिबारका दिनमा सम्मान गर्न लागिएको हो । हेटौंडामा रथयात्रा गराएर एक कार्यक्रमका बिच सम्मान गरिने नेवा सांस्कृतिक पुच.ं मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जनले बताउनुभयो ।
पुच मकवानपुरको सल्लाहकार समेत रहनुभएका श्रेष्ठले बिभीन्न बिषयमा ३० वटा पुस्तक लेखिसक्नुभएको छ । बहुभाषामा ज्ञान राख्दै आउनुभएका श्रेष्ठ २ पटक सांसद समेत हुनुभएको समाजसेबि देब प्रसाद श्रेष्ठले बताउनुभयो । हेटौंडाको चौकिटोल निवासी हिरन्यलाल लामो समय देखि काठमाण्डौमा बस्दै आउनुभएको छ । बिभीन्न पत्रपत्रिकामा लेखहरु प्रकाशन गर्दै आउनुभएका उहाँ परराष्ट्र बिधका रुपमा परिचित हुनुहुन्छ । हेटौंडा बजार क्षेत्रमा रथमा घुमाएर औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान गरिने आयोजकले जनाएको छ ।