सामुदायिक वन दिवसको अवसरमा मकवानपुरगढीमा बृक्षा रोपण

जनपत्र
२५ श्रावण २०७८, सोमबार ०७:५१

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा आठौं सामुदायिक वन दिवसको अवसरमा बृक्षा रोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

दिवसका अवसरमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ बुङदलमा रहेको खयरघारीमा बृक्षारोपण गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले बृक्षारोपण गर्ने कामसंगै हुर्काउनका लागि सबैलाई लाग्न आग्रह गर्नुभयो । बृक्षारोपणले हरियाली बढ्ने वताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमानाथ पौडेल, गढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय सामुदायिक वन उपभोक्ता समुह, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*