टोकियो ओलम्पिक : चीन उछिन्दै अमेरिका शीर्ष स्थानमा

जनपत्र
२४ श्रावण २०७८, आईतवार १२:४२

काठमाण्डाै – टोकियो ओलम्पिकको पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ । अमेरिका ३८ स्वर्णसहित ११० पदकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानमा धकेलिएको चीनले पनि ३८ स्वर्ण नै जितेको छ । चीनले अहिलेसम्म ३८ स्वर्णसहित ८७ पदक जितेको छ । यसैगरी आयोजक देश जापान २७ स्वर्णसहित ५८ पदकका साथ तेस्रो स्थानमा छ ।

बेलायत २१ स्वर्णसहित तालिकाको चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्णसहित पाँचौँ स्थानमा छ ।

गएको ८ गते उद्घाटन भएको ३२ औं ग्रीष्मकालीन ओलम्पिक आज सकिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*