सुनको भाउ १५ सय रुपैयाँले घट्यो

जनपत्र
२४ श्रावण २०७८, आईतवार १२:३८

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ १५ सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार तोलामा ९१ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे सुनको भाउ आज १५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति पनि सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको थियो ।

महासङ्घका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । सुनमा लगानी घट्दा भाउ पनि घट्न पुगेको विश्लेषण गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ ।

अस्ति चाँदी तोलामा १२ सय ६५ रुपैयाँ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*