वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षाकाे सम्भावना

जनपत्र
२३ श्रावण २०७८, शनिबार ११:१०

काठमाण्डौ – आज वाग्मती,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

वाग्मती प्रदेशको काठमाण्डौ उपत्यका र आसपासको क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुन खासै सक्रिय नभएकाले देशका अरु ठाउँमा भने सामान्य बद्ली भएर कुनै कुनै ठाउँमा हल्का खालको पानी पर्ने सम्भावना छ ।

दिउँसोतिर भने  देशभरि नै सामान्य बद्ली रहनेछ । आउने बुधवारदेखि मनसुन थप सक्रिय हुँदै जाने मौसमविद् अर्यालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*