मकवानपुरमा बाँझो जमिनमा यसरी पुर्‍याइदैछ सिंचाइ

जनपत्र
२३ श्रावण २०७८, शनिबार ०८:१७

हेटौंडा । सिंचाइको अभाबका कारण वषैं देखि समस्या भोग्दै आएका मकवानपुरका बिभीन्न स्थानीय तहका नागरिकलाई थप सहज बन्दै गएको छ । सिंचाइ अभाबकै कारण आकासको पानीको भर पर्नुपरेका किसानलाई तीन बाली अन्न लगाउन समेत सहज भएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलश्रोत तथा सिंचाइ विकास डिभिजन मकवानपुरले जिल्लाका धेरै स्थानमा सिंचाइ गर्नका लागि थप सहज गराएको हो । बाझो जमिनमा नजिकैको खोला, खोल्साको पानी खेत बारी सम्म ल्याउनेगरी काम भएको छ । यसको प्रतक्ष रुपमा फाइदा मकवानपुरको ग्रामिण क्षेत्रका किसानले पाएका छन् ।

कार्यालयले मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ को धादिङ पाखा सिंचाइ योजनाबाट यस क्षेत्रमा खेत र बारीमा पानी लगाउनका लागि सहज बन्न लागेको छ । मकवानपुरगढी ५  ज्यामिरे धादिङ सिंचाइ योजना अन्तरगत काम गरिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर वडा नम्बर–६भटवाल कलम्पो सिंचाइ योजना निर्माणको काम सकिएको र यसबाट यस क्षेत्रका किसानहरुलाई थप सहज भएको जलश्रोत तथा सिंचाइ विकास डिभिजन मकवानपुरका लेखा अधिकृत उद्धब प्रसाद भट्टराईले वताउनुभयो ।

बकैयाँ गाउँपालिका वडा नम्बर–६ मा साततले सिंचाइ योजना निर्माण गरिएको छ । यसमा वितेको आर्थिक आर्थिक वर्षमा गर्ने काम भन्दा एक सय २५ प्रतिशत भौतिक प्रगती भएको छ । बागमतीको मोतिपुर सिंचाइ योजना निर्माणको काम भएको छ । यसबाट यस क्षेत्रका किसानलाई थप सहज भएको छ । मनहरी गाउँपालिका वडा नम्बर–३ लामिटार सिंचाइ योजना निर्माणमा वितेको आर्थिक वर्षमा लक्ष गरेकोमा सत प्रतिशत काम भएको लेखा अधिकृत भट्टराइले वताउनुभयो ।

बकैयाँ गाउँपालिका वडा नम्बर–७ मा अठारेविगाहा सिंचाइ योजना निर्माण गर्ने लक्ष अनुसार वितेको आर्थिक वर्षमा गरिने लक्ष अनुसार काम गरिएको छ । मनहरी गाउँपालिका वडा नम्बर–४ को दियाली टोल सिंचाइ योजनाको मर्मतको काम पनि गरिएको उहाँले वताउनुभयो ।
यस्तै योजना संगै जलश्रोत तथा सिंचाइ विकास डिभिजन मकवानपुरले वितेको आर्थिक वर्षमा एक सय वटा भन्दा धेरै योजनामा काम गरेको छ । यसको प्रतक्ष फाइदा मकवानपुरका किसानले लिएका छन् ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको  जलश्रोत तथा  सिंचाइ विकास डिभिजन मकवानपुरले वितेको आर्थिक वर्षमा ८८ दशमलब २७ प्रतिशत प्रगती गरेको छ । बितेको आर्थिक वर्षमा कार्यालयलाई प्राप्त रकम मध्यमा धेरै रकम खर्च गर्न सफल भएको हो । कार्यालयमा प्रदेश सरकारका तर्फबाट चालु र पूजिगत रकम मध्यमा ८८ दशमलब २७ प्रतिशत प्रगती भएको जलश्रोत सिंचाइ विकास डिभिजन मकवानपुरका लेखा अधिकृत उद्धब प्रसाद भट्टराइले वताउनुभयो ।

कार्यालयमा आर्थिक वर्ष २०७७–०७८ मा बागमती प्रदेश सरकारले कुल २१ करोड २९ लाख ३६ हजार रुपैयाँ पठाएकोमा १८ करोड ७९ लाख ६४ हजार रुपैयाँ खर्च गरेको उहाँले जानकारी दिनुभयो । कार्यालयमा पूजिगत २० करोड २५ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यस मध्यमा १७ करोड ९४ लाख ९६ हजार रुपैयाँ खर्च भएको लेखा अधिकृत भट्टराइले वताउनुभयो ।

सिंचाइ विकास डिभिजनमा बितेको आर्थिक वर्षमा एक करोड ४ लाख ३६ हजार रुपैयाँ प्राप्त भएकोमा ८४ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । चालुमा ८१ द्यशमलब ११ प्रतिशत खर्च भएको हो । यसैगरी संघीय सरकारको सशर्त पूँजीगत अनुदान रकममा ७७ दशमलब ६० प्रतिशत मात्र खर्च भएको छ । संघीय सरकारबाट प्राप्त कुल ७ करोड ६१ लख ८७ हजार रुपैयाँ मध्यमा ५ करोड ९१ लख २४ हजार रुपैयाँ खर्च भएको उहाँले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*