हेटौडा एफएम १४ औ वर्षमा प्रवेश

जनपत्र
२३ बैशाख २०७६, सोमबार १७:४४

हेटौंडा / मकवानपुर जिल्लाको पहिलो स्वतन्त्र एफएम स्टेशन हेटौडा एफएम आफ्नो स्थापनको १३ औ वर्ष सफलतापुर्वक पुरा गरि गौरवमय १४ औ वर्षमाप्रवेश गरेको छ । बैशाख २४ गते बाट एफ. एम १४ बर्षमा प्रबेश गरेको हो ।

०६२ सालको जनआन्दोलनको राप र तापले हुर्किएको यस एफएम शुरुमा ५ सय वाटमा स्थापना भएपनि हालभने १ हजार वाटमा संचालन हुदै आइरहेको छ । भैरवडाडावाट रिले प्रशारण गरिरहेको यस एफएमको १४ औ वार्षिकोत्सव समारोह भोली एफ एम मुख्यालयमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

जिल्लामा संचारको अभावमा स्थापना भएको यस एफएमले लामो समयदेखि समाचार शिक्षा संवादलाइ महत्वदिदै आइरहेको र आगामी दिनमा पनि आवाज बिहीनहरुको आवाजमुखरीत गर्ने कुरामा सधै लागि रहने हेटौडा एफएमका प्रवन्धनिर्देशक उज्वल चौलागाइले वताउनु भयो । दैनिक २० घन्टा प्रशारण हुदै आइरहेको यस एफएम प्रत्येक घन्टा समाचार र प्रत्येक आधा घन्टामा छोटा समाचार दिदै प्रख्यात भएको एफएम स्टेशनहो ।

हेटौंडाको कमलडाडामा प्रशारण केन्द्र रहेको र हेटौंडा १ भैरबडाँडाबाट समेत रिले स्टेशन रहेको एफ. एमले अझै समाचार र कार्यक्रमलाई थप परिस्कृत गर्दै लैजाने तयारी गरेको एफ. एमका प्रबन्धनिर्देशक चौलागाईले बताउनुभयो ।
जनआन्दोलनपछी बिभीन्न आरोह अबरोह पार गर्दै आएको एफ. एमले मकवानपुरका श्रोताका मन जित्न समेत सफल भएको चौलागाईले बताउनुभयो । बार्षिक उत्सबकालागि भोलीएफएम प्राङगण भब्य कार्यक्रम गर्ने तयारी गरिएको उहाले बताउनुभयो । वार्षिकोत्सवको अवसरमा प्रवन्धनिर्देशक चौलागाइले एफएमका श्रोता विज्ञापनदाता सहयोगी एव शुभ चिन्तकहरुमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*