बागमती प्रदेशमा कृषि क्षेत्रमा के–के भए मुख्य काम ?

हेटौंडा । बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाले बितेको एक आर्थिक वर्षमा कृषि क्षेत्रमा एक वर्षको अवधिमा किसानका निम्ति काम गरेको छ । कृषि क्षेत्रमा प्रबिधिको प्रयोगलाई जोड दिइएको छ ।
प्रदेशका १३ वटा जिल्लामा ११ वटा महत्वपूर्ण काम गरिएको कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रबिन्द्र बहादुर प्रधानले वताउनुभयो । प्रदेशमा उत्पादनमा आधारित बीउ प्रोत्साहन कार्यक्रम अन्तरगत ९ सय २४ हेक्टर जमिनका लागि अनुदान दिइएको छ ।
प्रदेशका बिभीन्न जिल्लामा उच्च प्रविधियुक्त संरचनामा तरकारी खेती कार्यक्रम अन्तरगत एक सय १५ रोपनी जग्गमा काम भएको छ । प्रदेशमा बाझो जग्गा राखेर विदेश जाने र त्यसै वस्ने परिपाटीको अन्त्य गर्नका लागि प्रदेश सरकारले वितेको आर्थिक वर्षमा काम गरेको छ ।
बाँझो जग्गामा खेतीगर्नका लागि प्रोत्साहन अनुदान कार्यक्रमबाट ८ हजार ३ सय ८० रोपनी जग्गामा खेतीगर्नका लागि सहयोग गरिएको प्रधानले जानकारी दिनुभयो । साना सिंचाइ कार्यक्रमबाट ८४ जना किसानका निम्त काम गरिएको छ । बितेको एक आर्थिक वर्षमा सिंचित क्षेत्र विस्तार कार्यक्रमबाट एक सय ५५ हेक्टर जमिनमा काम गरिएको छ ।
मागमा आधारित स्यानो ट्युबेल निर्माण कार्यक्रमबाट एक सय १५ निर्माण गरिएको छ । मागमा आधारित सौर्य सिंचाइ कार्यक्रम अन्तरगत ८३ वटा निर्माण गरिएको छ । त्यसैगरी एक निर्वाचन क्षेत्र एक मोडल कृषि फार्म कार्यक्रमलाई निरन्नर्ता दिइएको छ । जसमा ६६ निर्वाचन क्षेत्र मध्यमा ४८ वटामा काम गरिएको छ ।