तत्काल महाधिवेशन सुनिश्चित नगरिए आन्दोलन गर्ने कांग्रेसका युवा नेताहरूको चेतावनी

जनपत्र
२२ श्रावण २०७८, शुक्रबार ०७:१७

नेपाली कांग्रेसका युवा नेताहरूले महाधिवेशन सुनिश्चित नगरिएर ७७ वटै जिल्ला कार्यालयमा अनसन सुरु गर्ने चेतावनी दिएका छन्।

सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गरेका हुन्। विधिवत् रूपमा महाधिवेशन सम्पन्न नहुँदा कांग्रेसको लोकतान्त्रिक छविमा क्षति पुग्ने उनीहरूको जिकिर थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*