मालपोत कार्यालय मकवानपुरको लापरबाहीः बृद्धालाई समेत लाइनमा राख्दा बेहोसपछी मृत्यु

जनपत्र
२१ श्रावण २०७८, बिहीबार १९:४३

हेटौंडा । जिल्ला मालपोत कार्यालय मकवानपुरमा कर्मचारीहरुको लापरबाहीका कारण एक जना बृद्धाले अकालमा ज्यान गुमाउनुपरेको छ । बृद्ध बृद्धाहरुले कुनै पनि सेवा लिन जाँदा लाइन बस्नु पर्दैन ,। तर, आज एक बृद्धालाई पनि यो चर्को घाममा मालपोत कार्यालयले लाईनमा उभ्याउँदा मृत्यु भएको छ ।

बेहोस् भएर लड्दा बृद्धाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ सामरी घर भएकी ७८ वर्षिया पञ्चमाया गौतमको आज मालपोत परिसरमै ज्यान गएको हो ।

मालपोत परिसरमा आज दिउँसो एक्कासी बेहोस् भएको अवस्थामा वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । वृद्धाको शव परिवाले बुझेको प्रहरीले जनाएको छ । वृद्धा केहि दिनदेखि अंशबन्डाको जग्गा पासको लागि मालपोत धाइरहनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*