मकवनपुरका निर्माण व्यवसायी र निर्माण सम्बद्ध श्रमिकलाई खोप

जनपत्र
२१ श्रावण २०७८, बिहीबार १९:१८

हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा मकवानपुरका निर्माण व्यवसायीहरु र निर्माणसम्बद्ध कामदार–कर्मचारीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

संघको हेटौँडा उपमहानगरपालिका ४ स्थित सचिवालय भवनमा दुई दिनमा निर्माण व्यवसायी र निर्माण सम्बद्ध कर्मचारी गरी आठ सय जनालाई कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइएको हो ।

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालले संघले पछिलो पटक कोरोनाविरुद्धको खोप लगाउँदा कार्यालयमा नै अनलाइन फर्म भरेकालाई मात्र खोप लगाइएको जानकारी दिँदै १८ वर्षभन्दा माथि उमेरका ७० वर्षसम्मकाले खोप सुविधा प्राप्त गरेको जानकारी दिनुभयो ।

उहाँले कोरोनाविरुद्धको खोप लगाउनेका लागि अनलाइन फर्म भर्न कार्यालयमा कर्मचारीको व्यवस्था गरिएको भन्दै खोप लगाउन बाँकी रहेका निर्माण व्यवसायीहरु र निर्माणसम्बद्ध कामदारहरुलाई अनलाइन फर्म भरेर खोप सुविधा लिन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*