बागमतीका प्रदेश प्रमुख प्रसाईको जन्मदिनः हेटौंडाका दुइ स्थानमा विरुवा रोपीयो

जनपत्र
२१ श्रावण २०७८, बिहीबार १८:४९

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आफ्नो जन्मदिनका अवरमा हेटौंडाका दुइ स्थानमा बिभीन्न जातका विरुवा रोप्नु भएको छ ।

परिवारका सदस्य सहित प्रदेश प्रमुख प्रसाइले आफ्नो कार्यलय परिसर र हेटौंडाको बनस्पती अनुसन्धान केन्द्र मकवानपुर परिसर भित्र वृक्षरोपण गरी आफ्नो जन्मदिन मनाउनु भएको हो ।

परिवारका सदस्यहरु सहित उपस्थित हुनु भएका प्रदेश प्रमुखले विरुवा रोप्दै जन्मदिन मनाउनु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*