मकवानपुरमा कोरोनाबाट एक जनाको मृत्यु, १०२ जना संक्रमित थपीए

जनपत्र
२१ श्रावण २०७८, बिहीबार १८:३०

हेटौंडा । मकवानपुर जिल्लामा एक दिनको अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोना परिक्षणको क्रममा अरु थप एक सय २ जना संक्रमित थपीएका छन् । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ का ५१ वर्षीय पुरुष रहेका छन् ।

पुरुषमा गत असार १२ गते चितवनमा कोरोना पुष्टि भएको थियो भने असार २७ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गएराति हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १८ जनामा पिसिआर र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ८७ र १५ जना गरी थप १ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४७ जना पुगेका छन् । जसमा १ हजार ८२ जना आफ्नै घरमा र ६५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म संक्रमण पुष्टि भएकामा ९० प्रतिशतले कोरोना जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*