नेप्से १६ अङ्कले घट्यो, जलविद्युत् राताम्मे हुँदा विकास बैंक समूहमा हरियाली

जनपत्र
२१ श्रावण २०७८, बिहीबार १७:५७

काठमाण्डाै – चार दिन लगातार बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । नेप्से आज १६ अङ्कले घटेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स समूहको शेयर ३९ अङ्कले, जलविद्युत समूहको ७६ अङ्कले, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ र निर्जीवन बीमा समूहको शेयर ५६ अङ्कले घटेको छ ।

आज विकास बैंक समूहको शेयर भने झन्डै एक सय ११ अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज दुई सय २६ कम्पनीका दुई करोड ८८ लाख ४५ हजार कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६५ करोड ३० लाखभन्दा धेरैको शेयर किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*