मकवानपुरका सबै क्षेत्र खुला, निजी बिद्यालय मात्र बन्द, बिद्यार्थी पढाइबाट बञ्चित

हेटौंडा / मकवानपुरको हेटौंडा बजार क्षेत्र, राजमार्ग, उद्योग कलकारखाना कुनैपनि क्षेत्रमा बन्दको प्रभाब परेको छैन । मकवानपुरका गाउँ–गाउँ र हेटौंडाका केही सरकारी बिद्यालय पनि संचालनमा आएका छन् । तर, हेटौंडाका निजी बिद्यालयहरुमा भने पढाई ठप्प छ । बन्दको प्रभाब कतै नपरेपनि निजी बिद्यालयहरु बन्द हुँदा बिद्यार्थीहरु पढाईबाट बन्चित भएका छन् ।
अभिभावको ढाड सेक्नेगरी बिद्यार्थी भर्ना शुल्क, मासिक शुल्क लिने, बिद्यालय पोसाक देखि पुस्तक सम्म कमिशन लिदै आएका हेटौंडाका निजी बिद्यालयहरुले सबैतिर खुल्ला रहँदा पनि आज पढाई भने गरेका छैनन् । हेटौंडा बजार क्षेत्रमा सवारीको चाप उत्तिकै छ । तर, निजि बिद्यालयले आफ्ना बस बिद्यार्थी लिनका लागि घरघरमा नपठाउँदा बालबालीकाहरु पढ्नबाट बन्चीत भएका हुन् । निजी बिद्यालयले आफ्ना बस ग्यारेजमानै थेपारेका छन् । अभिभाबकले निजी बिद्यालयमा बिद्यार्थी लिएर आएपनि पढाई नहुने भएपछी घर फिर्ता लिएर जानुपर्ने बाध्यता भोग्नुपरेको अभिभावकको गुनासो छ ।
अभिभाबकको ढाड सेक्नेगरी शुल्क असुल गर्ने तर, पढाईमा भने कुन दिन बिदाको हल्ला आउँला भनेर पखर्ने गर्नाले निजी बिद्यालयका अभिभाबकहरु आक्रोसीत भएका छन् । यता मकवानपुरका धेरैजसो सरकारी बिद्यालय भने संचालनमा आएको शिक्षा बिकाश तथा समन्वय इकाइ मकवानपुरका प्रमुख लिला गौतम बताउनुहुन्छ । निजि बिद्यालयहरु नखुलेको भन्ने आफुले जानकारी पाएको उहाँको भनाई छ । निजि बिद्यालयहरु स्थानीय तहले हेर्ने भएकाले आफ्नो कार्यालयले संग त्यती समन्वय नभएको उहाँको भनाई छ । एउटै घरका बालबालिका सरकारी बिद्यालयमा पढ्न जानेले पढ्न पाउने तर, निजि बिद्यालयमा पढ्नेले आज पढ्न नपाएको अभिभाबको गुनासो छ ।
आफ्ना छोरा छोरी लिएर निजि बिद्यालय आएका अभिभाबकहरु आक्रोसीत हुँदै घर फर्किएका छन् । हेटौंडा सहित मकवापुरमा बन्दको कुनै प्रभाब नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गर्दै विज्ञप्ती जारी गरेपनि यसको प्रभाब मकवानपुरमा नपरेको एसपी सिंहले बताउनुभयो । पुर्ब पस्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ, हेटौंडा बजार क्षेत्र लगायतका सडकमा गाडी गुढीरहेको, हेटौंडा बजार खुलेको र बन्दले कुनै असर नगरेको प्रतक्षदर्सीहरु बताउँछन् । यता निजी बिद्यालयका संचालकहरु भने सरकारी क्षेत्रका बिद्यालय पनि बन्द भएकाले आफुहरुले बन्द गरेको बताउँछन् । बिद्यार्थीलाई पढाईबाट बन्चित गर्ने मनसाय आफुहरुको नभएको उनीहरुको भनाई छ ।