प्रदेशका ४७ स्थानीय तहमा दमकल, एमुलेन्स र शववाहनका लागि १० करोड ५० लाख निकासा

हरि हुमागाईं
२३ बैशाख २०७६, सोमबार ०९:१४

हेटौंडा / प्रदेश नम्बर –३ सरकारले हरेक स्थानीय तहका नागरिकलाई सेवा दिने उदेस्यले एमुलेन्स, दमकल र शवबाहन खरिद गर्नका लागि रकम पठाएको छ । प्रदेश ३ का एक सय १९ वटै स्थानीय तहलाई नागरिकको सेवा गर्नका लागि सेवा मुलक सवारी खरिद गर्नका लागि आबस्यक भए प्रस्ताव पठाउनका लागि आवहान गरेको थियो । त्यही क्रममा प्रदेश ३ का ४७ वटा स्थानीय तहले ५० वटा सेवा मुलक सवारी खरिद गर्नका लागि अनुमती पाएका छन् ।

अनुमती पाएका स्थानीय तहलाई रकम पनि निकासा गरिएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।
प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एमुलेन्स, ६ वटा दमकल र ७ वटा सवबहान खरिद गर्नका लागि अनुमती पाएर रकम समेत निकासा गरिएको हो ।

स्थानीय तहमा ५० वटा सवारीका लागि १० करोड ५७ लाख रुपैयाँ निकासा गरिएको मन्त्री ढुंगेलले बताउनुभयो । सेवामुलक सवारी संगै धेरै जसो स्थानीय तहमा प्रदेश सरकारलाई नागरिक संग जोडिनका लागि सहज पनि भएको छ । सबै स्थानीय तहलाई सवारी खरिद गर्नका लागि अनुमती दिए लगतै काम पनि सुरु भईसकेको उहाँले बताउनुभयो । पछील्ला महिनामा प्रदेश सरकारको कामका गतिबिधि बढ्न थालेपछी स्थानीय नागरिकले तीनै तहको सरकारको अनुभुति गर्न पाउँदैछन् ।

दमकल खरिद गर्ने स्थानीय तहले ६० लाख, एमुलेन्स खरिद गर्ने स्थानीय तहले १६ लाख र शब वाहन खरिद गर्ने स्थानीय तहले १५ लाख रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत रकम निकासा गरेको जनाएको छ ।

धेरै स्थानीय तहमा एमुलेन्स, दमकल अभाबका कारण समस्या बेहोर्दै आएका थिए । अब भने आफ्ना स्थानीय तहमा बिरामी पर्दा सजिलै अस्पताल सम्म एमुलेन्स मार्फत पु¥याउन सहज हुने छ । त्यसैगरी दमकल अभाबका कारण स्थानीय तहका घर, उद्योग कलकारखाना, बजार क्षेत्रमा समस्या हुने गरेको थियो । तर, अब भने सहज हुने स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् ।

प्रदेश ३ का ४७ वटा स्थानीय तहले एमुलेन्स, दमकल र शववाहन गरिद गर्नका लागि प्राप्त गरेको रकम सहितको तथ्याङ्क यस प्रकार रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*