ललितपुरमा आज जोन्सनको खोप लगाइँदै

जनपत्र
१८ श्रावण २०७८, सोमबार ०८:१७

काठमाण्डाै – ललितपुर महानगरपालिकाले आज जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारी, विदेश जानको लागि भिसा र टिकट लिएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी तथा महानगरका उद्यमी व्यवसायीले यो खोप पाउने महानगरपालिकाले जनाएको छ ।

पाटन ढोकाको पाटन मावि, जावलाखेल चोक र सातदोबाटोमा रहेको महेन्द्र आदर्श माविमा खोप केन्द्र तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*