मकवानपुरमा थप ८८ जनामा कोरोना पुष्टि, १७ जनाले जिते

जनपत्र
१७ श्रावण २०७८, आईतवार १८:५४

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ८८ जनामा कोरोना पुष्टि भएको हो । पछील्ला दिनमा कोरोना संक्रमण दर निकै बढ्दै गएको छ । एक दिनको अवधिमा कोरोना जित्नेहरु भने १७ जना मात्र रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार १ सय ४५ जनाको कोरोना जाँच गर्दा ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो। आइतबारको तथ्याङ्क अनुसार ८९ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ७९ जना र एन्टिजेन बिधिबाट ५६ जनाको कोरोना जाँच गर्दा ९ जना गरी ८८ जनामा कोरोना पुष्टि भएको हो।

मकवानपुरमा आइतबार १७ जनामा कोरोना मुक्त भएका छन।स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका १७ जना कारोना सङ्क्रमण मुक्त भएका हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*