सिन्धुपाल्चोक अपडेट : मेलम्चीमा बाढीले १७ घरटहरा बगायो

जनपत्र
१७ श्रावण २०७८, आईतवार १३:११

 

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले रातो पुलसहित १७ घर टहरा बगाएको छ । चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित ९ वटा पक्की र ८ वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका गरी १७ घर बगेका छन् । बाढीले रेडियो मेलम्चीको भवन पनि ढलेको छ । गएको असार १ गते आएको बाढीले लेदो भरिएका घरहरु गएरातिको बाढीले बगाएको हो । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो ।

खोलामा लेदोसहितको बाढी आएको उहाँले बताउनुभयो  । बाढी घट्ने, बढ्ने भइरहेको छ । मेलम्चीबाट हेलम्बु गाडी जाने अवस्था नरहेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । रातो पुल मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बु जोड्ने एक मात्र विकल्पका रुपमा रहेको थियो ।

यसअघि गएको असार १ गते आएको बाढीले सडक बगाएका केही ठाउँमा नयाँ बाटो बनाइएको थियो । तर, बाढीले त्यो पनि बगाएको मेलम्ची नगरपालिकाका मेयर अर्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*