हेटौंडामा आयुरर्वेद स्वास्थ्य केन्द्रको फार्मेसी उद्घाटन्

प्रदेश सरकारले आयुरर्वेदलाई हेर्ने दृष्टीकोणमा पनि परिवर्तन गरेको गरेको छ–मन्त्री वस्नेत
जनपत्र
१५ श्रावण २०७८, शुक्रबार ०९:४३

हेटौंडा । जिल्ला आयुरर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आजबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । नगरपालिका रोडमा स्थापना गरिएको फार्मेसीको बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले आयुरर्वेदलाई हेर्ने दृष्टीकोणमा पनि परिवर्तन गरेको वताउनुभयो । फार्मेसी उद्घाटन्संगै आयुरर्वेद औषधी उत्पादन पनि थालिएको उहाँले वताउनुभयो । प्रदेशका चार वटा जिल्लामा आयुरर्वेद अस्पतालका भवन निर्माण पनि सुरु गर्न लागिएको मन्त्री वस्नेतले वताउनुभयो ।

प्रदेश सरकार आयरर्वेद औषधालयको साथमा रहेको वताउँदै उहाँले भन्नुभयो–‘कुनैपनि समस्या आइहालेमा समाधान पनि गर्छौ । प्रदेशका जिल्लामा आयुरर्वेद औषधालयमा पाएका जिम्मेवारी पुरा गर्नका लागि आग्रह गर्दछु ।’

कार्यक्रममा संबिधानसभाका सदस्य अनन्त पौडेल, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कडेल, सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाई, लगायतकाको आतिथ्यता रहेको थियो । औषधालयका अध्यक्ष मधु बजगाई क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा औषधालयका प्रमुख डाक्टर सृष्टी श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*