चुरीयामाइ सुरुङले इतिहास बचाउन, अध्ययन र पर्यटनसंग जोड्न काम गर्छ–मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको चुरीयामाइ सुरुङले इतिहासलाई बचाउने मात्र नभइकन पर्यटन प्रवर्दनको कामसंगै अध्ययनको विषय पनि वनाउने वताउनु भएको छ । चुरीयामाइ सुरुङको पुन निर्माणको आज शिलान्यास गर्दै उहाँले यस क्षेत्रमा राम्रो खालको पर्यटकिय क्षेत्रको विकास गरिने वताउनुभयो ।
यस क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले राम्रा काम गरेकोमा प्रसंसा गर्दै उहाँले भन्नुभयो–‘इतिहासमा डिल्लीजंङ थापाले गरेको यो राम्रो कामलाई बचाएर महत्वका साथ काम गर्न लागिएको हो ।’ यो सुरुङबाट गाडीमै धेरै वर्ष अगाडी आफु हिडेको उहाँले स्मरण गराउनुभयो ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले सुरुङको पुन निर्माण गुणस्तरिय र सुन्दरताका साथ निर्माण गरिने उहाँले दावि गर्नुभयो । प्रदेशलाईनै हरित वागमती प्रदेश वनाउने अभियानमा लागेको वताउँदै उहाँले सडक निर्माण र पुल निर्माणको कामले तिब्रता पाएको वताउनुभयो । केही समयपछी भीमफेदी–कुलेखानी सुरुङ पनि निर्माण गरिने उहाँले वताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपालकै पहिलो सुरुङलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लाग्दा आफुहरु खुसी भएको वताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले ऐतिहासीक चुरीयामाइ सुरुङ निर्माण गर्न लागिएकोमा खुसी व्यक्त गर्नुभयो । सुरुङ निर्माण भएपछी पर्यटक पनि बढ्ने मेयर महतको भनाई छ । कार्यक्रम यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेब भण्डारीको अध्यक्षतामा भएको हो ।