एमालेप्रति जनताको भरोसा बढ्दो छ– मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा एमालेका नेता डोरमणि पौडेलले एमालेप्रति आम नेपालीको विस्वास बढेको वताउनु भएको छ । नेकपा एमालेमा प्रवेश गराउँदै उहाँले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको एमालेको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको वताउनुभयो । ओली नेतृत्वको सरकार र बागमती सरकारले राम्रा काम गरेको मुख्यमन्त्री पौडेलको दावि छ ।
एमाले पार्टी कार्यलय मकवानपुर मा आयोजित पार्टी प्रवेश कार्यक्रममा हेटौंडाका आज एक सय जना युवाहरुलाई नेकपा एमालेमा प्रबेश गरेका थिए । कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर राना, एमालेका नेता अनन्त पौडेल लगायतकाको आतिथ्यता रहेको थियो ।