हेटौंडा उपमहानगरपालिकाद्वारा निशुल्क शव वाहनको सेवा सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले निशुल्क शव वाहनको सेवा दिन सुरु गरेको छ । उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाट सम्म पु¥याउन सहज होस भन्ने उदेस्यले निशुल्क शव वाहनको सेवा सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।
अहिलेको अवस्थामा कसैको मृत्यु भइहालेमा बाँसमा राखेर आर्यघाट सम्म लगिदै आएको छ । अब भने शव वाहनमा राखेर लैजानका लागि सहज बनाइएको मेयर महतले वताउनुभयो । शव बोक्नुपर्ने वषौंदेखिको परमपरालाई पनि अब सहजता ल्याउनुपर्छ भन्ने उदेस्यले शव वाहनको व्यवस्था गरिएको वताउँदै उहाँले भन्नुभयो–‘कसैको घरमा मानिसको मृत्यु भएमा खोला सम्म लैजान टाढा पनि छ । मृतकका छोरा र आफन्तले खाली गोढाले सडकमा टेकेर सब बोक्नुपर्ने बाध्यता रहेको छ । मलामीहरु मोटरसाइकल र कारमा आर्यघाट जाने गरेका छन् । अब शव वाहनमा मृतकको लास लैजान सहज बनाइएको हो ।’
उपमहानगरपालिकाले ठेक्का मार्फत २३ लाख ३५ हजार रुपैयाँ लागतमा शव वाहन खरिद गरिएको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रुपमा खोलामा डुवेर, झुण्डएर, विस सेवन गरेर मृत्यु भएमा पोष्टमार्टमका लागि अस्पताल सम्म ल्याउन पनि शव वाहनले सेवा दिने मेयर महतले वताउनुभयो । शव वाहन उपमहानगरपालिका कार्यालयमा रहेको छ ।