यो वर्ष विगतको तुलनामा अधिक वर्षा : विभाग

जनपत्र
१२ श्रावण २०७८, मंगलवार ०७:३९

यो वर्ष गत वर्षहरुको तुलनामा अधिक वर्षा भइको छ। मनसुन सुरू भएको दुई महिनामै औसतभन्दा ३२।३ प्रतिशत बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको देशभरका २० वटा मुख्य स्टेशनबाट संकलन गरेको तथ्यांकअनुसार मनसुन अवधिभर एक हजार ४०२।९ मिलिमिटर वर्षा हुनुपर्नेमा सोमबारसम्म ८७६।६ वर्षा भइसकेको छ।

जुन १ देखि जुलाई २६ सम्मको तथ्यांक अनुसार यो वर्ष दुई महिना मनसुन अवधि बाँकी छदै ३२।३ प्रतिशत धेरै वर्षा भइसकेको विभागको भनाइ छ। समग्रमा नेपालभर मनसुन अवधिभरको ६२।५ प्रतिशत वर्षा भइसकेको विभागले जनाएको छ।

यो वर्ष काठमाडौं उपत्यकामा विगतको तुलनामा धेरै वर्षा भएको छ। जलवायु विश्लेषण शाखाका अनुसार काठमाडौं उपत्यकामा सरदर ५७०।३ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि आजसम्म ८२०।५ वर्षा भइसकेको छ। नेपालमा जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*