अख्तियार हेटौंडामा भ्रष्टाचारका ९२९ उजुरी, ५५ प्रतिशत फच्यौट

सबै धन्दा धेरै स्थानीय तहका ५ सय १८ वटा र मकवानपुर जिल्लाको मात्र २ सय २० वटा उजुरी परेका छन् ।
जनपत्र
११ श्रावण २०७८, सोमबार ०९:४२

हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयमा वितेको आर्थिक वर्ष २०७७–०७८ मा मात्र ९ सय २९ वटा उजुरी परेको छ । उजुरी परेका मध्यमा ५५ दशमलब ५४ प्रतिशत फच्यौट भएको छ । बितेको आर्थिक वर्षमा अनुसंधान गरेर ५ सय १६ वटा उजुरीको फच्यौट भएको आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिनुभयो ।

फच्यौट हुन बाँकी ४ सय १३ वटा उजुरीको चालु आर्थिक वर्षमा अनुसंधान हुदै छ । बितेको आर्थिक वर्षमा कोरोनाको संक्रमण, निषेधाज्ञा लगायतका कारणबाट पनि धेरै उजुरीको फच्यौट गर्न नसकिएको उहाँले वताउनुभयो ।

अख्तियारको हेटौंडा कार्यालयमा परेका उजुरी मध्य सबै भन्दा धेरै स्थानीय तहका मात्र ५ सय १८ वटा उजुरी परेका छन् । ती मध्य २ सय ६७ वटा उजुरीको फच्यौट भएको र अब २ सय ५१ वटा बाँकी रहेका छन् । त्यसैगरी संघीय सरकार अन्तरगतका कार्यालयको वितेको आर्थिक वर्षमा २ सय ३९ वटा उजुरी परेका छन् । त्यस मध्यमा १ सय ५३ वटा उजुरीको फच्यौट गरिएको छ । ८६ वटा उजुरी बाँकी रहेका छन् । प्रदेश स्तरका मन्त्रालय र कार्यालयको १ सय ७२ वटा उजुरी परेको छ । त्यस मध्यमा ९६ वटा उजुरीको फच्यौट भएको र बाँकी ७६ वटा रहेको सापकोटाले जानकारी दिनुभयो ।

अख्तियारको हेटौंडा कार्यालयमा परेका उजुरी मध्यमा रौतहट जिल्लाको ११ वटा, बारा जिल्लाको ३ सय ४ वटा, पर्षा जिल्लाको १ सय ९६ वटा, दोलखा जिल्लाको १७ वटा, सिन्धुपाल्चोक जिल्लाको ८ वटा, रसुवा जिल्लाको २ वटा, धादिङ जिल्लाको २७ वटा, नुवाकोट जिल्लाको ५ वटा, काठमाण्डौ जिल्लाको २ वटा, भक्तपुर जिल्लाको १ वटा, काभ्रेपलान्चोक जिल्लाको ९ वटा, रामेछाप जिल्लाको २९ वटा, मकवानपुर जिल्लाको २ सय २० वटा, धनुसा जिल्लाको १ वटा र चितवन जिल्लाको ९७ वटा उजुरी परेको उहाँले वताउनुभयो ।

कुनै पनि जिल्लामा सरकारी कार्यालयहरुमा कर्मचारीहरुले गरेका अनियमितताका उजुरी अख्तियारको हेटौंडा कार्यालय, काठमाण्डौको कार्यालयमा दिन पाउने व्यवस्था छ । त्यसैले काठमाण्डौ आसपासका क्षेत्रका उजुरी काठमाण्डौको कार्यालयमा धेरै जाने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*