नेल्टा बागमती प्रदेशद्वारा दोस्रो शृंखलाको अंग्रेजी शिक्षक तालिम

जनपत्र
९ श्रावण २०७८, शनिबार १७:५९

हेटौंडा । नेल्टा बागमती प्रदेशको आयोजनामा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा विभिन्न तहमा अध्यापन गर्ने अग्रेजी शिक्षकहरु सहभागी रहेको अनलाइन तालिमको शृंखला–२ आज सम्पन्न भएको छ ।

नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेल्टाका सल्लाहकार एवम् पूर्व अध्यक्ष प्रोफेसर डाक्टर जय राज अवस्थी प्रमुख वक्ता रहनु भएको थियो । नेल्टाका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं विस्वविद्यालयका प्राध्यापक डाक्टर लक्ष्मण ज्ञावालीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा अमेरिकी दूतावास काठमाडौंका रेलो कार्यक्रम विशेषज्ञ विश्वराज गौतम, नेल्टा केन्द्रीय समिति तथा प्रदेश समितिका पधाधिकारी एवम् सदस्यहरु, नेल्टा सेन्टरका प्रोग्राम कोअर्डिनेटर, एक्सेस प्रोग्राम कोअर्डिनेटर लगायत विभिन्न जिल्लाका अध्यक्षहरुको आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन नेल्टा बागमतीका महासचिब किशोर पराजुलीले गर्नु भएको थियो ।

आउँदो श्रावण १६ गते हुने तेश्रो शृंखलाको वेबिनाररतालिमको सहजीकरण नेल्टा केन्द्रीय समितिका पूर्व तालिम संयोजक श्री सरिता देवानले गर्दै हुनुहुन्छ । विषम परिस्थितिको समयलाई सदुपयोग गर्दै नेल्टा बागमती प्रदेशले आयोजना गरेको हरेक शनिवार बिहान यो शृंखलावद्द कार्यक्रममा विभिन्न तहमा अध्यापन गर्ने अंग्रेजी शिक्षकहरुको उपस्थिती रहेको छ ।

सम्बन्धित विषयमा उच्च दक्षता हासिल गरेका राष्ट्रीय एवं अन्तरराष्ट्रीय प्रशिक्षकहरुले प्रशिक्षण दिने यो कार्यक्रम अंग्रेजी अध्यापन गर्ने शिक्षकहरुका लागि धेरै नै उपयोगी हुने बिश्वास गरिएको छ । विषम परिस्थितिको समयलाई सदुपयोग गरी शिक्षकहरुका लागि अत्यन्तै उपयोगी अनलाइन तालिम शुरु गरी सोतालिममा भाग लिने अवसर प्रदान गरेकोमा सहभागीहरुले नेल्टा बागमती प्रदेशलाई धन्यबाद दिएका छन् । तालिमलाई अत्यन्त व्यवस्थित, मर्यादित र प्रभावकारी ढंगबाट संचालन गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुलाई आयोजकले धन्यबाद दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*