बागमती प्रदेशका ६ जिल्लामा आत्महत्या दुरुत्साहनको १४ वटा मुद्धा दर्ता, दुई वर्षमा २ हजार जनाले गरे आत्महत्या

जनपत्र
९ श्रावण २०७८, शनिबार ०८:३२

हेटौंडा । बागमती प्रदेशका ६ वटा जिल्लामा आत्महत्या दुरुत्साहनको १४ वटा मुद्धा दर्ता भएको छ । बितेको आर्थिक वर्ष २०७७–०७८ मा आत्म हत्या दुरुत्साहनका १४ वटा मुद्धा दर्ता भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६–०७७ मा भने आत्महत्या दुरुत्साहनको १५ वटा मुद्धा दर्ता भएको थियो ।

बितेको आर्थिक वर्षमा आत्महत्या दुरुत्साहनको मुद्धा चितवनमा ३ वटा, सिन्धुलीमा ३ वटा, रामेछापमा १ वटा, सिन्धुपाल्चोकमा ४ वटा, नुवाकोटमा १ वटा र धादिङमा ३ वटा मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक नबराज अधिकारीले वताउनुभयो । सरकारले आत्महत्या दुरुत्साहन सम्वन्धी कानून ल्याएपछी यस सम्वन्धी मुद्धा दर्ता हुनेक्रम पनि बढेको छ ।

बागमती प्रदेशमा पछिल्लो बर्षमाआत्महत्यागर्नेको संख्या बढ्दै गएको पाइएको छ । आर्थिक बर्ष २०७६/७७को तुलनामा आर्थिक बर्ष २०७७/७८ को तथ्यांक विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या १० दशमलब ८० प्रतिसतले बढेको पाइएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गएको आर्थिक बर्ष ०७७/७८ मा १ हजार ३९ जनाले हात्महत्या गरेका छन् । जसमा सबैभन्दा बढी भुण्डिएर ७ सय ७७ जना, विष सेवन २ सय ४३ जनाहामफलेर १२ जना र आगो लगाएर दुई जना र करेन्ट लगाएर दुई जनाले आत्महत्या गरेको बागती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जसमा महिला ३ सय २९ जना, जेष्ठ नागरिक ९० जना, बालिका ५५ जना र बालक ३६ जना गरी ५ सय १० जनाले आत्महत्या गरेका छन् । त्यसैगरी झुण्डिएर ३ सय ७३ जना बिष सेवनगरी १ सय ३१ जना र पानीमा ढुबेर ६ जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ । अघिल्लो आर्थिक वर्षमा ९ सय ३५ जनाले आत्महत्या गरेका थिए । जसमा झुण्डिएर ६ सय ९७ जना, विष सेवनगरी २ यस २२ जना, हामफलेर ९ जना र अन्यविभिन्न किसिमबाट ७ जनाले आत्महत्या गरेकाथिए ।

गएको आर्थिक बर्षमा प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुर बाहेक दश जिल्लामध्ये चितवनमा सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । चितवनमा २ सय १९ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम आत्महत्या रसुवामा पाइएको छ । रसुवामा ६ जनाले आत्महत्या गरेका छन् । जनसंख्याको हिसावमा रसुवा बागमती प्रदेशको सबैभन्दा कम जनसंख्या भएको जिल्लाहो ।

बागमती प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेका तथ्यांकअनुसार दोस्रो स्थानमा धादिङ रहेको छ । धादिङमा १ सय ४२ जना, तेस्रो मकवानपुरमा १ सय ४० जना, चौथो काभ्रेमा १ सय ३६ जना, पाँचौ सिन्धुपाल्चोकमा १ सय १० जनाले आत्महत्या गरी ज्यान गुमाएका छन् ।

त्यस्तै नुवाकोटमा ८६ जना, दोलखामा ७० जना, रामेछापमा ६५ जना र सिन्धुलीमा ६२ जनाले आत्महत्यागरेको तथ्यांकले आत्महत्या गर्नेको सूचिको छैठौँ, सातौँ, आठौँ र नवौँमा रहेका छन् ।

अघिल्लो आर्थिक बर्षमा सबैभन्दा बढी चितवनमा १ सय ७९ जनाले आत्महत्या गरेका थिए भने सबैभन्दाकम रसुवामा ८ जनाले आत्महत्या गरेको पाइएको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षमा मकवानपुरमा १ सय ४६ जना, काभ्रेमा १ सय ३६ जना, सिन्धुपाल्चोकमा १ सय १५ जना, धादिङमा ९७ जना, सिन्धुलीमा ८१ जना, नुवाकोटमा ६५ जना, दोलखामा ५८ जना र रामेछापमा ५० जनाले आत्महत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालयद्वारा सार्वजनिक तथ्याङकमा उल्लेख गरिएको छ ।

गत आर्थिक बर्षमा १४ वटा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकमा ४ वटा, चितवन र सिन्धुलीमा तीन–तीन वटा नुवाकोट र धादिङमा एक–एक वटा दर्ता भएका छ । अघिल्लो आर्थिक बर्षमा १५ वटा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको थियो । पछिल्लो आर्थिक बर्षमा आत्महत्या बढ्नुको प्रमुख कारण कोरोना महामारीले गरेको लकडाउन पनिहो ।

निषेधाज्ञाका कारण सृजना भएको मनोसामाजिक समस्याले आत्महत्या गर्नेको संख्या बृद्धि भएको बिज्ञहरुले बताएका छन् । आत्महत्याको मनोबैज्ञानिक प्रभाव निषेधाज्ञाले सृजना गरेको बिज्ञहरुको भनाई रहेको छ । प्रहरी अनुसन्धानले पनि निषेधाज्ञाका कारण आत्महत्या बढेको पाइएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*