बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुका बिचमा एक वर्षे करार संझौता

जनपत्र
८ श्रावण २०७८, शुक्रबार १७:२७

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र अरु मन्त्रीहरुका बिचमा कार्यसम्पादन संझौता गरिएको छ । बितेको आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षको सुरुमै कार्यसम्पादन संझौता गरिएको हो । यो करार संझौता आउँदो असार मसान्त सम्ममा लागू हुने छ ।

मुख्यमन्त्री पौडेलले आज आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र सामाजिक विकास मन्त्री शरस्वती बस्नेतसंग कार्यसम्पादन संझौता गर्नुभएको हो । मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिब डाक्टर मुकुन्द पौडेलका बिचमा पनि संझौता भएको छ । अरु मन्त्रीहरु भने कार्यक्रममा उपस्थित थिएनन् ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मातहतका मन्त्रालय र कार्यालयहरुले गर्ने योजना र खर्चका विषयमा माथिल्लो निकायले तत्काल हेर्न सक्नेगरी तयार पारिएको सफ्टवयर बीपीपीएमआइएसको पनि मुख्यमन्त्री पौडेलले शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले करार संझौता गरेर मन्त्रालयहरुलाई थप जिम्मेवार वनाइएको वताउनुभयो । काम गर्दा इमान्दारीताका साथ गर्नका लागि मन्त्री र सचिबहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । वितेको आर्थिक वर्षमा कतिको काम भयो भनेर पहिले हेर्ने अनी अहिलेको काम गर्नुपर्ने उहाँले वताउनुभयो ।

आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयहरुले सम्पादन गर्ने कार्यहरुका बारेमा मुख्यमन्त्री पौडेल र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता आदानप्रदान गरिएको हो । सम्झौता पत्रमा हस्ताक्षरपछि बोल्दै मुख्यमन्त्री पौडेलले सम्झौतानुसारको कार्य भए नभएको अनुगमन गरिने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले कार्य सम्पादन करार सामान्य नभएको भन्दै आफ्नो हस्ताक्षरको महत्व र गरिमा राख्नेगरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले मन्त्री तथा सचिव एवम् उच्च पदस्थ कर्मचारीहरुसँग कार्य सम्पादन करार गरेर त्यस अनुरुपको काम भयो कि भएन भनेर निगरानी गरिरहनुपर्ने अवस्था उचित नहुने भन्दै आफ्नो नैतीकता तथा जिम्मेवरीलाई उचित तवरले निर्वाह गर्न आग्रह गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*