एमालेका दुवै समूहका सांसदहरुले एकता अभियान थाले

जनपत्र
७ श्रावण २०७८, बिहीबार १७:५५

काठमाडौं । नेकपा एमालेका दुवै समूहका सांसदहरूले पार्टी एकता अभियान शुरु गरेका छन् । सिंहदरबारमा बसेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एकता दबाब अभियान शुरु गरेका हुन् ।

विभाजन रोक्न संयुक्त अभियान चलाउने दुवै समूहका सांसदहरू सहमत भएका छन् । यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् ।

नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् । ‘एकता जोगाउन शुरु भएको यो अभियानलाई सशक्त बनाउँछौं । एकता दबाब अभियानमा साथ दिन संयुक्त अपील गर्दैछौं,’ सुनुवारले भने ।

एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ । यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने सुनुवारले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*