साउदीले भिसाको म्याद आउँदो अगस्ट ३१ सम्म स्वतः बढाइदिने

जनपत्र
६ श्रावण २०७८, बुधबार १९:४८

काठमाण्डौ – साउदीले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र(अकामा)को समय बढाउने भएको छ ।

साउदीबाट आफ्नो देश गएका र कोरोनाको कारण फर्कन नपाएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र(अकामा)को म्याद आउँदो अगस्ट ३१ सम्म स्वतः बढ्ने अरब न्युजले खबर लेखेको छ ।

यसका साथै साउदीले भिजिट भिसा र एक्जिट एण्ड इन्ट्री भिसाको म्याद पनि अगस्ट ३१ सम्म निःशुल्क बढाउने जनाएको छ ।

कोरोना महामारी रोकथामका लागि अपनाइएका विभिन्न मापदण्डका कारण समयमा देश छाड्न र फर्कन सक्ने अवस्था नभएको भन्दै साउदीले यो नियम बनाएको जनाएको छ ।

यसबाट बिदामा नेपाल आएर साउदी फर्कन नपाएका र भिसा र करार सकिँदा पनि साउदीबाट स्वदेश फर्कन नपाएका नेपाली श्रमिकलाई पनि फाइदा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*