मकवानपुरमा साउन १४ सम्म थपियो निषेधज्ञा, बजारमा भने भीड कायमै

जनपत्र
६ श्रावण २०७८, बुधबार १९:१४

हेटौँडा । मकवानपुरमा आगामी साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत बैशाख २१ गतेबाट जारी निषेधज्ञालाई श्रावण १४ गतेसम्म थप गरिएको हो । आज बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । तर, हेटौंडा बजारमा भीड भने कायमै छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा गर्ने तर, कार्यान्वयन पक्ष अत्यन्तै फितलो रहेको छ ।

बैठकले साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहिबार राति बजेसम्म गरी थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएको तर, जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

निषेधज्ञामा यस अघिको निर्णयलाई यथावत राखिएको छ । जस अनुसार बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न ब्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य ब्यवसायहरु सञ्चालन हुनेछन् । संघिय सरकारले बन्द गरेका शैक्षिक सस्था सहितका ब्यवसाय भने बन्द नै रहने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*