हेटौंडामा यातायात पूर्वाधार निर्देशनालयको भवन उद्घाटन्

साढे दुइ करोड लागतमा निर्माण गरिएको भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयो ।
जनपत्र
६ श्रावण २०७८, बुधबार १९:०२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थनाभ¥याङमा बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयको भवनको उद्घाटन् गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नव निर्मित भवनको उद्घाटन् गर्नुभयो । कुल २ करोड ४४ लाख १७ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको उद्घाटन् गरिएको हो ।

४ हजार ८ सय ८० वर्ग फिट क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण गरिएको भवनको १९ वटा कोठा निर्माण गरिएको छ । दुइवटा प्रयोगशाला, बैठक कोठा समेत यस भवनमा रहेको छ । कार्यक्रमको उद्घाटन् गर्दै मुख्यमन्त्री पौडेलले यो भवन प्रदेश सरकारका भवन मध्य पहिलो भवन रहेको वताउनुभयो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले वितेको आर्थिक वर्षमा धेरै काम गरेको वताउनुभयो ।

काम गर्नका लागि पूर्वाधार पहिलो आवस्यक्ता रहेको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘काम गर्नका लागि कर्मचारीलाई अनुकुल वातावरण चाहिन्छ । त्यसैले भवन निर्माणका कामलाई प्रदेश सरकारले तिब्रता दिएको छ । आउँदो आर्थिक वर्षमा पनि केही भवनको टेण्डर गर्ने तयारीमा रहेको छ ।’

‘उहाँले भन्नुभयो–यहाँ धेरै ठेकेदारहरुले पूर्वाधार निर्माणको काम अलपत्र पार्ने गरेका छन् । हामीले योजना बनाएकै छौँ । निर्माणको लागि ठेक्का सम्झौता गरेकै छौं । उनीहरु निर्माणको काम अलपत्र पारेर वेपत्ता हुन्छन् अनि जनताले सरकारले कामै गरेन भन्दै हामीमाथि नै आक्रोश पोख्ने गरेका छन् ।’ उहाँले सरकारको काम नीति निर्माण गर्ने, योजना बनाउने भएपनि ती योजनाको कार्यान्वयन गर्ने जिम्मा कर्मचारी, निर्माण व्यवसायी र सरोकारवाला निकायको भएको बताउनुभयो ।


कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले ५ बर्षे कार्यकाल पुरा गर्ने बताउनुभयो । प्रदेश तहमा राजनीतिक स्थिरता भएको भन्दै सरकार परिवर्तनको कुरा कल्पना पनि गर्न नसकिने बताउनुभयो । उहाँले प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत भएको र आधिकारिक रुपमा नेकपा एमाले विभाजन नभएकोले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार यथावत रहने दावी गनुभयो ।

केन्द्र सरकारमा नेतृत्व फेरबदल भएकोले प्रदेशमा सरकार परिवर्तनको हल्ला चल्नु स्वभाभिक भएपनि हल्लाको पछि नलागी सरकारको राम्रा गतिविधिमा सहयोग पुर्याउन उहाँले सबै कर्मचारी, राजनीतिक दल, पत्रकार, नागरिक समाज र आम प्रदेशवासीलाई लाई आह्वान गर्नुभयो । पौडेल नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक पूर्वाधार, खानेपाली, विजुलीबत्ती, कृषि क्षेत्रलगायतको विकासको कामले तीब्रता पाएको उउहाँको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*