उपेन्द्र यादव नेतृत्वको फोरम र नयाँ शक्ति नेपाल एकता : सरकार छाड्ने चेतावनी

जनपत्र
२१ बैशाख २०७६, शनिबार १७:०५

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उपेन्द्र यादव नेतृत्वको पार्टी संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ।  एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ रहने छ।

दुवै पार्टीबीच बैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत पार्टी एकता घोषणा गर्ने सहमति बनेको छ। पार्टी एकतासँगै नयाँ शक्तिले अन्तिमसम्म राख्दै आएको सरकार छाड्ने ‘बटमलाइन’का विषयमा भने मध्यमार्गी विकल्प खोजिएको फोरमका एक नेताले बताए।  सहमति अनुसार एकीकृत पार्टीले संविधान संशोधनको लागि केही मागहरु राखी अल्टिमेटम दिने छ। माग पूरा नभएको अवस्थामा पार्टीले सरकार छाड्ने छ। माग पूरा नहुने विषयमा आफूहरु स्पष्ट भएको ती नेताको दाबी छ। ‘सरकार छाड्न पनि केही बाटो त पहिल्याउनु पर्‍यो नि’, उनले भने।
सरकारले माग पूरा नगर्ने हो भने फोरमले सरकार छाड्ने पक्का जस्तै भएको ती नेताले जानकारी दिए। यदी फोरमले सरकार छाड्यो भने स्वास्थ्य मन्त्रालयमा वर्तमान सरकार गठन भएपछि तेस्रो व्यक्ती मन्त्री भएर आउने छन्। उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नु अघि पद्मा अर्यालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। फोरम र नयाँ शक्तिबीचको एकतापछि बन्ने  एकीकृत पार्टीमा डा बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष हुनेछन्। त्यस्तै, यादवले केन्द्रीय समितिको अध्यक्षता गर्नेछन्। संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ।
स्वास्थ्य खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*