मनहरीबाट ८१ किलो गाँजा, ट्रकसहित एक जना नियन्त्रणमा

हेटौंडा । मकवानपुरको मनहरीबाट प्रहरीले लागू औषध गाँजा, ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले जिल्ला मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीमा ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ८१ केजी ३ सय ५० ग्राम गाँजा, गाँजा बोक्ने ट्रक र यसमा संलग्न राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने ४२ वर्षिय बाबुराम नेगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
ट्रक पछाडी ढालामा लुकाई राखेको लागुऔषध गाँजा वरामद गरिएको हो । ८१ किलो ३५० ग्राम फेलापरेको हुँदा उक्त ट्रक चालक जिल्ला मकवानपुर उक्त गाँजा, ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा संकास्पद रुपमा रोकीराखेको ट्रकलाई चेकजाँच् गर्दा गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।