भीम रावललाई राजीनामा फिर्ताका लागि दबाब दिन काठमाडौंमा सुदूरका मन्त्रीहरू

जनपत्र
६ श्रावण २०७८, बुधबार ०६:३३

नेकपा एमाले उपाध्यक्ष भीम रावलको राजीनामा फिर्ता गराउन दबाब दिन सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली काठमाडौं पुगेको छ। रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुपर्ने भन्दै उनीहरू काठमाडौँ पुगेका हुन्।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतकसहित १३ जना सांसदले काठमाडौंमा भेटवार्ता गरेको रावलनिकट स्रोतले थाहाखबरलाई जानकारी दिएको छ।सांसदहरूले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। मंगलबार रावललाई काठमाडौंको टोखामा भेटेर यस्तो आग्रह गरेको स्रोतको दाबी छ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका थिए। रावलको राजीनामाको फिर्ताका लागि चौतर्फी दबाब छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत हतारमा गरेको निर्णय फिर्ता गर्नु रावललाई आग्रह गरेका थिए।

रावल नेपालका भूतपूर्व गृहमन्त्री हुन। उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन्। उनी नेकपा एमालेका उपाध्यक्ष पनि हुन्। अछाम क्षेत्र नम्बर १ बाट सांसद रावलले २०७० को निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवारलाई झण्डै ५ हजार मतान्तरले हराएका थिए। थाहाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*