‘अब एमाले र माधव नेपाललाई सँगै हिँडाउन सकिँदैन’

जनपत्र
५ श्रावण २०७८, मंगलवार ०६:०७

नेकपा एमालेका एकजना नेता गोकुल बास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अब पार्टीमा राखिरहन जरुरी नरहेको बताएका छन्। आइतवार संघीय संसदमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालले विश्वासको मत दिएपछि अब उनलाई एमालेमा राखिरहन नसकिने दाबी पूर्व मन्त्रीसमेत रहेका बास्कोटाले गरेका हुन्।

बास्कोटाले एमाले र माधव नेपाललाई सँगै हिँडाउनै नसकिने अवस्था आएको पनि तर्क गरेका छन्। उनले एमालेजनले अब अलमलबिना व्यक्ति वा पार्टी एक रोज्नुपर्ने तर्क गरेका छन्।

अब एमाले र माधव नेपाललाई न त सँगै हिँडाउन सकिन्छ न त जिताउन नै , बास्कोटाले भनेका छन्, ‘माधव जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधव मात्र हार्छन्। तसर्थ, देशभरका एमालेजनले बिनाअलमल व्यक्ति वा पार्टीमध्ये एक रोज्न पर्छ। अर्को विकल्प छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*