देउवा र मोदीबीच टेलिफोन कुराकानी, कोरोनाविरुद्धको खोप दिने आश्वासन

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साेमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर कुराकानी गर्नुभएको छ ।
प्रधानमन्त्री देउवालाई हिजो साेमवार बधाई दिनुभएका मोदीले आज फोनमा कुराकानी गरेर आउँदो दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने कुरा भएको भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन पनि दिनुभएको छ । टेलिफोन कुराकानीका क्रममा मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले पनि टेलिफाेन कुराकारनीमा भारतीय प्रधानमन्त्री माेदीले छिट्टै काेराेना खाेप दिने आश्वासन दिनुभएकाे ट्विटरमार्फत जानकारी दिनुभएकाे छ ।