मकवानपुरको वाग्मतीमा २ सय घरधुरीको एउटै पँधेरो

जनपत्र
२१ बैशाख २०७६, शनिबार १०:३३

हेटौंडा / बिहान ३ बजेदेखि पँधेरामा पानी भर्नेको लाइन लाग्ने गर्छ । बिहानदेखि अबेरसम्म पानी थाप्ने, लुगा धुने र नुहाउनेको भीड लागिरहन्छ । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ फापरबारी बजारमा पानी थाप्ने पधेँरो एउटा मात्र छ । करिब २ सय घरधुरी रहेको फापरबारी बजारका बासिन्दाको यही एउटा पधेँराले तिर्खा मेटदै आएको छ ।

गर्मीयाम लागेपछि पानी सुक्दै जान्छ, स्थानीयबासी भक्तबहादुर राईले भने, पानी पर्न थालेपछि धारामा पानी पनि बढ्छ । पधेँरामा २ वटा धारा छन् ।चार दशकअघि गाउँलेहरू मिलेर मूल फुटेको स्थानमा २ वटा धारा जडान गरेका थिए ।

अहिलेसम्म पनि त्यही पानीमा निर्भर छन् फापरबारी बजारका बासिन्दा, स्थानीय व्यापारी वीरबहादुर साहले भने, ती धारा सुके भने बजारमा पानीको हाहाकार हुन्छ । २४ सै घण्टा जस्तो पँधेरो खाली हुँदैन । पानी भर्न, नुहाउन र लुगा धुन भ्याइनभ्याई भए पनि पधेँरा वरिपरि सफा गर्न भने कसैलाई फुर्सद छैन ।

आजको कान्तिपुर दैनिकमा प्रताप बिष्टले समाचार लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*