हेटौंडामा ३५ करोड लागतमा यसरी निर्माण हुँदैछ बस टर्मिनल

जनपत्र
३ श्रावण २०७८, आईतवार ०८:१८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसीएनमा सुबिधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम निर्माण भइरहेको छ । बस टर्मिनल निर्माणले तिब्र रुप लिएको छ । उपमहानगरपालिकाको ३५ करोड रुपैयाँ लागतमा बस टर्मिनल निर्माण सुरु गरिएको मेयर हरि बहादुर महत वताउनुहुन्छ ।

उपमहानगरपालिकाले ठुलो लगानीमा बस टर्मिनल तथा कम्प्लेक्स निर्माण भइरहेको हो । उपमहानगरपालिकाको गौरवको आयोजानका रुपमा रहेको बस टर्मिनलको जग राख्ने काम भइरहेको छ । उपमहानगरपालिकाले यो भवन निर्माण भएपछी आन्तरिक श्रोत पनि बृद्धी हुने र सुबिधा सम्पन्न बसपार्क पनि निर्माण हुने छ ।

कुल ३५ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको बस टर्मिनलको १८ महिनामा निर्माणको काम सक्नेगरी निर्माण कम्पनिलाई जिम्मा दिइएको उपमहानगरपालिकाका मेयर महतले वताउनुभयो । बस टर्मिनल निर्माण गर्नका लागि रसुवा आसिस जेभी निर्माण सेवाले ठेक्का प्राप्त गरेको छ ।

सुन्दर बस पार्क सहितको ब्यापारीक कम्प्लेक्स निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । तीन तलाको कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो । बहुवर्षिय योजना अनुसार बसपार्क निर्माणको कामसुरु भएको हो । संझौता भन्दा अगाबै काम सक्ने निर्माण कम्पनिले दावि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*