एमालेमा नेपालको चर्चा तर नेपाल समूहमा मन्त्रीको

जनपत्र
३ श्रावण २०७८, आईतवार ०६:२८

आन्तरिक कलहले औपचारिक बिभाजन हुन लागेको नेकपा एमालेलाई पुन एकताबद्ध गर्न भन्दै क्रियाशिल रहेको कार्यदललाई भंग गर्ने अध्यक्ष केपी ओलीको निर्णयलाई अर्का नेता माधबकुमार नेपालले पनि सकारात्मक लिनुभएको छ ।

शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दे कार्यदललाई भंग गर्ने निर्र्णय गरेको थियो । स्थायी समितिको बैठक सुरु हुदै गर्दा कार्यदलका रहेका नेपाल पक्षका नेताहरु बैठक रोकेर सम्बादलाई अघि बढाउन आग्रह गर्दे ओली समक्ष पुगेका थिए ।

अध्यक्ष ओलीले कार्यदलले तयार गरेको प्रस्ताबलाई अनुमोलन गर्दै एजेण्डा अनुसार नै बैठक अघि बढ्ने जनाएपछि उहाँहरु बाहिरिनु भएको थियो । कार्यदल भंग गर्ने ओलीको निर्णयपछि कोटेश्वरस्थित निवासमा नेता नेपालले आफूहरु निकट केही नेताहरु कार्यदलको काम नभएको बताउनुभएको थियो ।

नेपाल निकट एक नेताकाअनुसार नेता नेपालले भन्नुभयो ूआफुहरुलाई दोश्रो तहको भन्दै आफुखुसी छलफल गर्न जानेहरु लाई ठिक्क परेको छ, अब छलफलको औचित्य छैन वार्ताका नाममा अलमल्याएर उनीहरुलाई ओलीतिर जान मन छ भने गए हुन्छ ।ू

पछिल्लो केही समयदेखि नेता नेपालले कार्यदलमा रहेका सदस्यहर भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र भीम आचार्यमाथि अविश्वास गर्दै आउनु भएको छ । ती नेताकाअनुसार उहाँले कार्यदलमा रहेका घनश्याम भुसाल र रघुजी पन्त बाहेक अन्यको विश्वास गर्नुभएको छैन ।

उहाँको बुझाइमा यी चार नेताहरु अन्तिम अवस्थामा नेकपा एमालेतिरै बस्न सक्छन् । जसका कारण बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको पाँच दलीय बैठक पनि आफू उपस्थित हुन नसकेपछि डा बिजय पौडेललाई प्रतिनिधिका रुपमा पठाउनु भएको थियो । पौडेल नेता नेपालको कोर समूहमा बसेर काम गर्दे आउनुभएको छ । नेपाल निकट ती नेताका अनुसार बामदेब गौतम पनि अन्तिम नेपालरि नै आउने र कम्तीमा ४० जना सांसद आउन सक्ने छन् ।

औपचारिक रुपमा कार्यदल नरहे पनि कार्यदलमा रहेका सदस्यहरु शनिबार पनि छलफलमा जुटेका थिए । नीतिमा कुनै समस्या नभएको ओली र नेपालको नियतमा नै समस्या रहेका कारण कार्यदलले छलफल गर्नुको खासै अर्थ छैन ।

ती नेताका अनुसार बरु केही समय अलग अलग पार्टीको अभ्यास गरेपछि एक दुई वर्षका पुन पार्टी एकता होता तर तत्काल एकताको सम्भावना छैन । उनका अनुसार नयाँ पार्टीका रुपमा नेपाल समूहले शेरबहादुर देउवालाई विश्वासको मत दिएर सरकारमा सहभागी हुन्छ ।

उनका अनुसार त्यो सरकारमा नेपाल समूहको नेतृत्व बामदेब गौतमले गरे भनेपनि अनौठो नमाने हुन्छ । नयाँ पार्टी गठनपछि नेपाल समूह आठओटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने पनि ती नेताले जानकारी दिए ।

सो समूहबाट मन्त्रीका हालसम्म मन्त्री नभएकाहरु लाई पठाउने बारे छलफल भएको छ । जसमा जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणी चौधरी, झपट रावललगायतको नाममा छलफल भएको छ । न्युज पोलारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*