साउथ एसियामै पहिलो महिला सभामुख हुने अवसर गुमाउँदा निकै रोएँः चित्रलेखा यादव

काँग्रेस नेतृ चित्रलेखा यादवले आफूले साउथ एसियामै पहिलो सभामुख हुने अवसर गुमाउँदा निकै रोएको बताएकी छन्। डिसी नेपालको द ब्रिज टक कार्यक्रममा अर्जुन दाहालसँगको अन्तर्वार्ताका क्रममा नेतृ यादवले आफू सभामुख हुन नपाउँदाको विषय स्मरण गर्दै यस्तो बताएकी हुन्। ६२–०६३ को जनआन्दोलनका क्रममा विघटति प्रतिनिधिसभाको सडकमा अधिवेशन चल्दा तत्कालिन उपसभामुख यादवले सडकमै अधिवेशन चलाएकी थिइन्।
तत्कालिन सभामुख तारानाथ रानाभाटले सो आन्दोलनलाई समर्थन नगरेकाले सडक संसदको सभामुख यादव भएकी थिइन्। जनआन्दोलनपछि संसद पुनःस्थापित भयो। तर, सभामुख भने यादव हुन पाइनन्। सभामुख तत्कालिन एमाले नेता सुवास नेम्वाङ सभामुख बनेका थिए।
यही घटनालाई स्मरण गर्दै नेतृ यादवले अन्तर्वार्तामा भनेकी छन्, ‘म सभामुख हुन नपाउँदा रोइनि। तर जब मलाई विश्वमै सडक संसदको पहिलो सभामुख भएँ भन्ने ज्ञात भयो धेरै रोएँ। किन पनि रोएँ भने यदि म सभामुख भएको भए साउथ एसियामा महिला सभामुख दिने पहिलो राष्ट्र नेपाल हुने रहेछ। अरु कुरामा जित्न नसके पनि महिलालाई सभामुख दिने राष्ट्रमा नेपालले अरुलाई उछिन्ने थियो। त्यो अवसर गुमाए जस्तो लाग्छ।’
त्यतिबेलासम्म साउथ एसियामा महिलाहरु सभामुख हुन पाएका थिएनन्। तर, २०१०पछि भने भारतमा मीरा कुमार सभामुख बनेकी थिइन्। तर दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा महिलाहरु सरकार प्रमुख तथा राष्ट्र प्रमुख बनिसकेका थिए। नेतृ यादवले यी प्रसंग स्मरण गर्दै आफू सभामुख हुन नपाएको विषयमा त्यतिबेला आफू रोएको विषय खुलाएकी हुन्।
वर्तमान रानीतिक का विषयमा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धद्धको खोपका विषयमा प्रतिवद्धता जनाएर अनुसार कामगर्नु पर्ने बताइन्। उनले अहिलेको सबैभन्दा ठूलो आवश्यकता कोरोनाविरुद्धको खोप भएको बताइन्। डिसीनेपालबाट