प्रदेश २ सरकारमा माओवादी केन्द्रका मन्त्रीले लिए शपथ

जनपत्र
२ श्रावण २०७८, शनिबार १८:१२

unn.prixa.net

काठमाण्डाै – प्रदेश २ मा नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीले शपथ लिएका छन् । भरत साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिनुभएको हो ।

साहलाई प्रमुख डा. राजेश झा अहिराज र कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ खुवाउनुभयो । साह महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित र कर्ण सप्तरीबाट समानुपातिक सांसद हुनुहुन्छ । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन हिजो आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिनुभएकाे थियाे ।

मुख्यमन्त्री राउतले आज उहाँहरुको राजीनामा स्वीकृत गरेर साह र कर्णलाई नियुक्त गर्नुभएको हो । यादव र सिंह सत्तापक्षका सांसद हुनुहुन्छ । यस अघि मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर कांग्रेसलाई सरकारमा सहभागी गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*