एक सय जना बृद्धृबृद्धालाई सारी बितरण

जनपत्र
२० बैशाख २०७६, शुक्रबार १८:५८

हेटौंडा /  हेटौंडा १० भुटनदेबिरोडका सन्तोष न्यौपानेले समाज सेवा अभियान अन्तरगत आज बृद्धबृद्धाहरुलाई आज सारी बितरण गर्नुभएको छ । औपचारिक कार्यक्रमको आयोजना गरेर उहाँले सारी बितरण गर्नुभएको हो । हेटौंडा १० का बृद्धबृद्धा एक सय जना महिलाहरुका लागि जनही एक वटाका दरले सारी बितरण गर्नुभएको हो ।

मातातिर्थ औशीका अबसरमा आमा सम्मानको कार्यक्रम आयोजना गरेर सारी बितरण गरिएको न्यौपानेले बताउनुभयो । सबैलाई निशुल्क रुपमा सारी बितरण गरिएको हो । कार्यक्रममा प्रदेश ३ का सांसद तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, अर्का प्रदेश सांसद तथा नेकपा मकवानपुरका सचिब प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेता बिष्णु दाहाल, बालकृष्ण चौलागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । आफ्नो आमदानीको रकम मध्यमा केही रकम समाजसेवामा अभियान सहयोग गरिएको न्यौपानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*