मकवानपुरको हाडीखोलामा पहिलेको पधेरोलाई ढुङ्गेधाराको रुपमा निर्माण

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोलामा परापूर्व कालदेखि सञ्चालनमा रहेको पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण गरिएको छ । स्थानीय वासिन्दाले वषौंदेखि प्रयोग गर्दै आएको पधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । यो धारा निर्माण गर्नका लागि मनहरी गाउँपालिकाको पाँच लाख रुपैया सहयोग गरेको छ ।
यस प्रकारको धारा मनहरी गाउँपालिकाको यो पहिलो धारा पनि हो । त्यही पलाएको पानीलाई अहिले धारा जडान गरेर व्यवस्थित बनाइएको अध्यक्ष उप्रेतीले वताउनुभयो । यस धाराबाट यहाँको बिद्यालयका बिद्यार्थी, स्थानीय वासिन्दाहरु पानी लिन आउने गरेका छन् । अन्तको तुलनामा यहाँको पानी सफा र मिठो समेत रहेको स्थानीय वासिन्दाहरुले वताएका छन् ।