सर्‍यो कांग्रेस पदाधिकारी बैठक

जनपत्र
३१ असार २०७८, बिहीबार ०७:५२

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक डाकेका थिए। तर देउवाको व्यस्ततापछि बैठक स्थगित गरिएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित गरिएको सेतोपाटीलाई बताए। उनकाअनुसार शुक्रबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ।

१४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बैठक बस्न लागेको थियो। यस्तै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी थियो। कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री भएका छन्। अन्य मन्त्रीहरू छान्न देउवालाई सकस छ।

देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग देउवाले छलफलबाटै मन्त्री क(कसलाई बनाउने भन्ने टुंगो लगाउने बताएका थिए। मुख्यसचिव पौडेलका अनुसार मुख्यतस् १४ औं महाधिवेशन केन्द्रित बैठक बस्न लागेको छ। कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ।

असारभित्रै क्रियाशील सदस्यता विवाद टुंग्याउने भने पनि बारा जिल्लाका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*