हेटौंडाको मयुरधापमा जिमक्लबको उद्घाटन्

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा ओपनजिम क्लबको उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले ओपन जिम क्लबको उद्घाटन् गर्नुभयो । कुल १५ लाख ५० हजार रुपैयाँ लागतमा जिम क्लब निर्माण गरिएको हो । समाज कल्याण युवा क्लब मयुरधापले अब यस भवन मार्फत जिम गराउने छ ।
हेटौंडाका प्रत्यक वडामा जिम क्लब खोल्ने अभियान अनुसार हेटौंडा १४ मा पनि जिम क्लब खोलीएको मेयर महतले वताउनुभयो । शरिरलाई स्वस्थ राख्न पनि जिम आवस्यक रहेको उहाँले वताउनुभयो । कार्यक्रममा हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का लगायतकाको आतिथ्यता रहेको थियो ।