राजधानीको बिषयमा कार्यबिधि प्रस्तुत गरेर कांग्रेस फकाउने तयारी

जनपत्र
२० बैशाख २०७६, शुक्रबार १३:३७

हेटौंडा /  प्रदेश नम्बर ३ को प्रदेश सभाको बर्षे अधिवेशन यही बैशाख ३० गतेबाट हेटौंडामा हुने भएको छ । बैशाख १० गतेबाट हिउँदे अधिबेशनको अन्त्य गरेको प्रदेश सरकारले बैशाख ३० गतेका लागि बर्षे अधिबेशनको तय गरेको थियो । हिउँदे अधिबेशन सुरु भएको केहीदिन मात्र चलेर अन्त्य भएकोमा प्रतिपक्षी काग्रेश पार्टी रुष्ट बनेको थियो । अब निरन्तर चल्नेगरी बर्षे अधिबेशन ३० गतेबाट सुरु हुने प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।

बर्षे अधिबेशनमा प्रदेश राजधानी र नामाकरणको बिषयले पनिप्रबेश पाएर टुङ्गो लगाउने तयारी भएको छ । तर, नेकपा पार्टीको केन्द्रीय समितिले राजधानीको बिषयमा ठोस निणय नगर्दा यो बिषयले प्रबेस पाउनेमा अझैपनि संका छ । प्रदेश सभा सुरु भएको एक बर्ष नाघिसक्दा समेत राजधानीको नाम र प्रदेश राजधानी नतोकिएकै कारण प्रदेश सदस्यहरु समेत रुष्ट भएका छन् । बर्ष अधिबेशनको सुरुमै प्रदेश सभा सचिवालयले तयार पारेको कार्यबिधि प्रस्तुत गर्ने तयारी गरिएको छ । राजधानीको बिषयमा कार्यबिधि बनाइएको हो ।

यस अघि राजधानीको बिषयमा प्रदेश सभामा प्रबेश पाएपनि कुनै काम हुन सकेको थिएन । अब बर्षेअधिबेशनमा भने राजधानीको बिषयमा तयार पारिएको कार्यबिधि प्रस्तुत गर्ने र अधिबेशनभरीमा राजधानी र नामाकरणको बिषयले टुङ्गो लगाइने सभामुख श्रेष्ठले बताउनुभयो । कार्यबिधिलाई अगाडी ल्याएर फेरी पनिप्रतिपक्षि नेपाली काग्रेशलाई फकाउने तयारी गरिएको हो । यस अघि पनिराजधानीको बिषयले प्रबेश नपाए संसद अरुद्ध गर्ने चेतावनी दिएको काग्रेशलाई फकाउन कार्यबिधि प्रस्तुत गरेर फेरी फकाउन खोजीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*