हेटौंडा–७ नागस्वतीमा १८ लाख लागतमा स्लाब ढलान

जनपत्र
३० असार २०७८, बुधबार ०७:४२

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ नागस्वतीमा स्लाब ढलानको आज उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले स्लाब ढालनको उद्घाटन् गर्नुभयो । कुल १८ लाख रुपैयाँ लागतमा एक सय ६२ मिटर सडकमा स्लाब ढलान गरिएको हो ।

हेटौंडाका धेरै सडक पक्की गर्ने अभियान अनुसार काम भइरहेको वताउनुभयो । पहिले जनप्रतिनिधि आउनु भन्दा अगाडी र अहिले जनप्रतिनिधिहरु आइसकेपछी धेरै बिकास भएको मेयर महतले वताउनुभयो । पहिले धेरै कच्ची रहेका सडक अहिले पक्की वन्दै गएको उहाँले वताउनुभयो । कार्यक्रममा हेटौंडा–७ का वडा अध्यक्ष राजन थापा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*